नियम ४०
जिल्ला विकास समितिको लेखा र सोको सिद्धान्त
(१) जिल्ला विकास समितिको
लेखा दोहोरो स्रेस्ता प्रणाली (डबल इन्ट्री सिष्टम) को सिद्धान्तमा आधारित नगद
कारोबारमा राखिएको हुनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको श्रेस्ता विद्युतीय प्रणालीमा समेत राख्न सकिनेछ ।
(३) जिल्ला विकास समितिले यस नियमावली बमोजिमको आर्थिक कार्यविधि
अवलम्वन गरी आयव्ययको स्रेस्ता राख्नु पर्नेछ ।